logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • प्रधानमन्त्री ओलीले पदत्याग गर्नु उपयुक्त- बाबुराम भट्टराई

    प्रधानमन्त्री ओलीले पदत्याग गर्नु उपयुक्त- बाबुराम भट्टराई

    • GP Paudel
    • बिहिबार, ११ मंसिर २०७७
    2.5K
    SHARES
    प्रधानमन्त्री ओलीले पदत्याग गर्नु उपयुक्त- बाबुराम भट्टराई

    नेपाल ज्योति-जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्दै प्रयाश्चित गर्न उपयुक्त भएको बताएका छन् ।

    बिहीबार ट्वीट गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचार सम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नुपर्ने बताएका हुन् ।

    “प्रममा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ।अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है:१शासकीय स्वरूप२निर्वाचन प्रणाली३जनलोकपाल४आर्थिक विकास।” उनले लेखेका छन ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलको एसियाको प्रतिवेदनमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारका आरोपी रक्षा गरेको विवरण सार्वजनिक भएपछि नेता भट्टराईको पछिल्लो भनाइ आएको हो ।


    GP Paudel
  • बिहिबार, ११ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट