logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • नेपाल र भारत बैठक फलदायी र उपयोगी- भारतीय विदेश सचिव

    नेपाल र भारत बैठक फलदायी र उपयोगी- भारतीय विदेश सचिव

    • GP Paudel
    • बिहिबार, ११ मंसिर २०७७
    2.4K
    SHARES
    नेपाल र भारत बैठक फलदायी र उपयोगी- भारतीय विदेश सचिव

    नेपाल ज्योति-नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

    बिहीबार काठमाडौंको एक होटलमा भएको बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए ।

    बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो । भेटमा द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका थिए ।

    बैठकपछि श्रृंगलाले उक्त बैठक फलदायी र उपयोगी आदानप्रदान भएको बताए। सहयोगका क्षेत्रहरू अगाडि बढाउन विभिन्न चरणहरूमा छलफल भएको र यसअघि गरिएका प्रतिबद्धतामा राम्रो प्रगति भएको उनले जानकारी दिए ।

    त्यसअघि परराष्ट्रसचिवद्वयबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

    सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लािग सचिव श्रृङ्गला बिहीबार काठमाडौँ आएका हुन ।


    GP Paudel
  • बिहिबार, ११ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved