logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठको नाम अनुमोदन

    न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठको नाम अनुमोदन

    • GP Paudel
    • शुक्रबार, १२ मंसिर २०७७
    2.4K
    SHARES
    न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठको नाम अनुमोदन

    नेपाल ज्योति-संघीय संसदको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

    समितिको शुक्रबार बसेको बैठकबाट श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन भएको हो । नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

    समितिले अनुमोदन गरेसँगै श्रेष्ठ ४ वर्षका लागि परिषद्को सदस्य बन्ने बाटो खुल्ला भएको छ । समितिको बैठकमा भएको छलफलपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।

    बैठकमा श्रेष्ठले चार बुँदे कार्ययोजना प्रस्तुत गर्दै न्यायपरिषदको काम र भूमिका पारदर्शी बनाउने बताउए । न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, सक्षम र उत्तरदायी बनाउन पनि आफूले भूमिका खेल्ने उनले बताए ।

     


    GP Paudel
  • शुक्रबार, १२ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट