logo

२०८२ बैशाख २८ आइतबार

logo
  • आइतबार, २८ बैशाख २०८२
  • नेकपाको बैठक शनिबार : आ-आफ्नै रणनीति बनाउदै ओली-प्रचण्ड

    नेकपाको बैठक शनिबार : आ-आफ्नै रणनीति बनाउदै ओली-प्रचण्ड

    • GP Paudel
    • शुक्रबार, १२ मंसिर २०७७
    4.9K
    SHARES
    नेकपाको बैठक शनिबार : आ-आफ्नै रणनीति बनाउदै ओली-प्रचण्ड

    नेपाल ज्योति-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दै छ । महत्वकासाथ हेरिएको भोलिको बैठकमा के हुने हो भन्ने चासोले नेपालको राजनीतिक बजार तातेको छ।



    भोलिको बैठकमा कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्ने छन् । यही ३ मंसिरमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफुले राजनीतिक प्रस्ताव राख्ने जानकारी दिएपछि दश दिनपछि बस्ने गरी बैठक स्थगित भएको थियो ।

    सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीप्रति गम्भीर आरोपसहित राजनीतिक प्रस्ताव राखेका छन् । अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव र आरोपको जवाफमा अध्यक्ष ओलीले प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ ।अध्यक्ष ओलीले आफु निकटका सचिवालय सदस्य, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेर प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ ।

    अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालले राखेको प्रस्तावलाई लिएर कडा रुप अपनाउने वा नरम रुप अपनाउने भन्नेबारे अझै स्पष्ट खुलि नसकेको स्रोतको भनाई छ । अध्यक्ष प्रचण्ड पक्ष भने अध्यक्ष ओलीको प्रस्तावलाई अध्ययन गरेपछि आफ्नो रणनीति बुन्ने योजना रहेको छ ।

    पछिल्लो समय नेकपाभित्रको अन्तरद्धन्दले पार्टी एकतामानै संकट उत्पन्न हुन पुगेको छ।


    GP Paudel
  • शुक्रबार, १२ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved