नेपाल ज्योति- महोत्तरीको बर्दिबास नगरपालिका-१४ शुभम् बस्तीकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको बलात्कार तथा हत्या अभियाेगमा पक्राउ परेका युवकविरुद्ध चार मुद्दा दायर गरिएको छ ।
सोही बस्तीमा किराना पसल सञ्चालन गर्ने गौशाला नगरपालिका-५ का २६ वर्षीय अरुण साहविरुद्ध बालिकाका परिवारले शुक्रबार किटानी जाहेरी दर्ता गराएका हुन्।
अरुणविरुद्ध बर्दिबास इलाका प्रहरी कार्यालयमा अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चपागाइँले जानकारी दिए।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times