logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • मैसाबले घाईते दिलमा आरा चलाईस्यो…..(भिडियो)

    मैसाबले घाईते दिलमा आरा चलाईस्यो…..(भिडियो)

    • GP Paudel
    • शनिबार, १३ मंसिर २०७७
    2.1K
    SHARES
    मैसाबले घाईते दिलमा आरा चलाईस्यो…..(भिडियो)

    नेपाल ज्योति- गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको कवाली शैलीको रोमान्टिक गीत ‘मैसाब’ म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

    लोकप्रिय कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ। बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन्।

    पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन्। त्यसैगरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ। केही म्युजिक भिडियोमा अभिनय गरीसकेकी छुकिला नेपाली रजतपटको ढोका ढकढक्याउने क्रममा यो गीतको म्युजिक भिडियोमा देखिएकी हुन्।

    भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतीलाई आलिसान दरवारको रुपमा प्रस्तुत गरेका छन् भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरस कलाकारलाई
    लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन्। भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन्। कोरियोग्राफीको कलामार्फत हरेकजसो फिल्मी गीतलाई धनी बनाउँदे आएका कविराज गहतराजको यो भिडियो पनि कुनै फिल्मी गीतभन्दा कम लाग्दैन।

    झकिझकाउ र चमक दमक प्रकाश व्यबस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाउन सघाएको छ भने आलिया गिरीको पहिरन जाइनले कविराजको दरवारभित्रको सांगितीक कार्यक्रमको परिकल्पनालाई सार्थक बनाउन सघाएको छ।

    गीतमा शव्द रचना अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ। कैलाश राई  द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ।


    GP Paudel
  • शनिबार, १३ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved