नेपाल ज्योति- सत्तारुढ नेकपाको सचिवालय बैठक पुन: १६ गते बस्ने गरी सकिएको छ । शनिबारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्ताव अध्ययन गरी आगामी १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी बैठक सम्पन्न भएको हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका छन् भने ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको छ । नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
हेर्नुस् ओलीको जवाफको पूर्णपाठ –