नेपाल ज्योति- उत्तर कोरियाली नेता किम जोङ उनले देशलाई कोरोनाभाइरसबाट टाढा राख्न कम्तीमा दुई जनालाई मृत्युदण्ड दिन, समुद्रमा माछा मार्न र राजधानी प्योङ्गयाङ बन्द गर्न आदेश दिएको दक्षिण कोरियाली गुप्तचर एजेन्सीले शुक्रबार जानकारी दिएको छ ।
उत्तर कोरियाले समुद्रमा माछा मार्न र नुन उत्पादनमा पनि रोक लगाएको छ । यसको मुख्य उद्देश्य सम्द्रको पानीलाई भाइरसबाट जोगाउनु थियो ।यद्यपि, यो प्रतिबन्ध सबै उत्तर कोरियाली पानीमा लगाइएको थियो वा यो अहिलेसम्म पनि लागू छ भन्ने स्पष्ट जानकारी भने छैन । उत्तर कोरियाले हालै प्योङयाङ र उत्तरी जगाङ्ग प्रान्तमा कोरोनाभाइरसको डरले लकडाउन लागू गरेको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times