logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

    कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

    • GP Paudel
    • २०७७ मंसिर १४, आइतबार
    3.2K
    SHARES
    कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

    नेपाल ज्योति- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन।

    विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी ‘कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

    अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी सँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।

    ‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्‍यौं,’ उनले भने, ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो। अहिले संक्रमण लाखौंमा पुगिसकेको छ। यो अवस्थामा हामी आतंकित नभईँ सचेत हुन जरुरी छ।


    GP Paudel
  • २०७७ मंसिर १४, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट