logo

२०८१ चैत्र ९ आइतबार

logo
  • आइतबार, ९ चैत्र २०८१
  • हुम्लामा हिमपात,माइनस सात डिग्री तापक्रम

    हुम्लामा हिमपात,माइनस सात डिग्री तापक्रम

    • GP Paudel
    • मंगलबार, २ मंसिर २०७७
    1.5K
    SHARES
    हुम्लामा हिमपात,माइनस सात डिग्री तापक्रम

    नेपाल ज्योति -हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

    मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।

    हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।


    GP Paudel
  • मंगलबार, २ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved