logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • वामदेव गौतम कड्किए-झुठो बोल्ने ?

    वामदेव गौतम कड्किए-झुठो बोल्ने ?

    • GP Paudel
    • बिहिबार, ४ मंसिर २०७७
    2.2K
    SHARES
    वामदेव गौतम कड्किए-झुठो बोल्ने  ?

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता हुनुपर्ने भनेर उपाध्यक्ष वामदेव गौतम सचिवालय बैठकमा भनाइ राखेको भनेर आएका खवर गलत भएको गौतमको सचिवालयले स्पष्ट पारेको छ ।
    सौहार्द्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति बैठकमा नदिएको पनि गौतमको सचिवालयले स्पस्ट पारेको छ ।

    प्रचण्डले पेश गरेका प्रस्तावहरु गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उनी अडिग रहेको पनि गौतमले सचिवालयमार्फत स्पष्ट पारेका छन् ।
    ‘समाचारहरुमा चर्काचर्की भयो, घम्साघम्सी भयो भन्दै वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए। वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन्,’ गौतमको सचिवालयले जारी प्रेस नोटमा भनिएको छ ।


    GP Paudel
  • बिहिबार, ४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved