logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • राष्ट्रियता

    राष्ट्रियता

    • GP Paudel
    • शुक्रबार, ५ मंसिर २०७७
    2.8K
    SHARES
    राष्ट्रियता

    – दिनेश अधिकारी



    उनीहरुले मसङ्गबाट
    मेरो
    कछाड खोसे
    लँगौटी लुटे
    र, रबाफिलो जिब्रो फड्काएर
    बेसरी अर्थ्याएः
    राष्ट्रियता !
    सम्पत्तिभन्दा प्रिय
    र, मायाभन्दा मूल्यवान हुन्छ
    हामीले यसको मर्यादा बढाउनु पर्छ
    थपे–
    खै ! टोपी पहिरेको ?
    खै ! दौरा-सुरुवालमा डटेको ?
    आफ्नो साँचो परिचय भनेको राष्ट्रियता हो
    राष्ट्रियता !
    आँखाको नानीभन्दा प्यारो हुन्छ…
    ला ! भनेर दिन
    उनीहरुको हात
    बलिको पर्याय हुन सकेन
    जोरूँ न त भन्दा
    जो, आफूसँग थियो–
    शरीरको मयल
    कपडाको सट्टामा प्रयोग हुन सक्ने सम्भावनै थिएन
    म-
    सुनिरहेँ
    हेरिरहेँ
    पर्खिरहेँ
    गाउँदै/सुसेल्दै–
    राष्ट्रियता आमाको काखभन्दा प्यारो हुन्छ
    उनीहरु–
    मलाई निर्वस्त्र छोडेर गए !!

    (धर्तीको गीत, कवितासङ्ग्रह) २०४४, साझा प्रकाशनबाट प्रकाशित


    GP Paudel
  • शुक्रबार, ५ मंसिर २०७७
  • सम्बन्धित समाचार