logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • विराटनगरमा हवाइ फायर

    विराटनगरमा हवाइ फायर

    • GP Paudel
    • आइतबार, ७ मंसिर २०७७
    1.7K
    SHARES
    विराटनगरमा हवाइ फायर

    नेपाल ज्योति -नेपाल–भारत सीमा क्षेत्र विराटनगर–१७ मटेर्वामा प्रहरी र तस्करको समुहबीच आइतबार बिहान झपड भएको छ ।

    आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा झपडका क्रममा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

    तस्करी गरेको ल्याएको सामान ल्याएपछि सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिने क्रममा
    प्रहरी र तस्कर समूहबीच भएको घम्साघम्सीका थियो । त्यस क्रममा प्रहरीले हवाई फायर गर्दै स्थितिलाई नियन्त्रणमा लिदैं एकजना व्यक्तिसहित एक बोरा सामान समेत नियन्त्रणमा लिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

    हवाई फायरपछि प्रहरीले तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ ।

    घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    GP Paudel
  • आइतबार, ७ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट