logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • पूनम पाण्डेविरुद्ध उजुरी दर्ता, अश्लील भिडिओ छायाँकनको आरोप

    पूनम पाण्डेविरुद्ध उजुरी दर्ता, अश्लील भिडिओ छायाँकनको आरोप

    • GP Paudel
    • २०७७ मंसिर ७, आइतबार
    2.4K
    SHARES
    पूनम पाण्डेविरुद्ध उजुरी दर्ता, अश्लील भिडिओ छायाँकनको आरोप

    एजेन्सी । भारतीय मोडल पूनम पाण्डेविरुद्ध गोवामा उजुरी परेको छ। अश्लील भिडिओ बनाएको आरोपमा उनीविरुद्ध गोवाको गोवा फरवार्ड पार्टीको महिला विभागले एफआइआर दर्जा गराएको हो।

    पूनमसँगै उनको भिडिओ सुट गराउनेहरूविरुद्ध पनि उजुरी दर्ता गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। केही समयअगाडि मात्र विवाह गरेकी उनले श्रीमान्माथि कुटपिट गराएको आरोप लगाएकी थिइन्।

    पूनमले गोवाको चापोली ड्याममा एक अश्लील भिडिओ छायाँकन गराएकी थिइन्। उक्त भिडिओबाट गोवाका समग्र महिलाहरूमाथि नै हमला भएको तथा राज्यको नै बेइज्जत भएको दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ। उक्त भिडिओको छायाँकन सांस्कृतिक क्षेत्र कानाकोनामा गरिएको थियो।

    सरकारी सम्पत्तिमा भिडिओ छायाँकन गर्दा कसको अनुमतिमा गरिएको भन्दै प्रश्न उठाउँदै त्यसको जाँच गर्नसमेत माग गरिएको छ ।

    सामान्यतया मुख्यमन्त्री प्रमोद सावन्तको प्रत्यक्ष निगरानीमा रहेको इन्टरटेनमेन्ट सोसाइटी अफ गोवाले छायाँकनको अनुमति दिने गर्छ। चापोली ड्याम जल तथा संशाधन विभागको अधीनमा रहन्छ। उजुरीमा मुख्यमन्त्री सावन्त र जल संशाधनमन्त्री फिलिप नेरी राँड्रिग्सलाई समेत दोषी ठहर्‍याउनुपर्ने भनिएको छ।


    GP Paudel
  • २०७७ मंसिर ७, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट