logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • ‘कालापानी सिमाना’ सार्वजनिक

    ‘कालापानी सिमाना’ सार्वजनिक

    • GP Paudel
    • आइतबार, ७ मंसिर २०७७
    2.1K
    SHARES
    ‘कालापानी सिमाना’ सार्वजनिक

    नेपाल ज्योति-वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    यस गीतमा अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको छ। यस गीतलाई कमल राईले संगीत संयोजन गरेका हुन् ।

    यस गीतमा नेपाल आइडल फेम्ड गायिका मेघा श्रेष्ठ, पवन गिरी, बिक्रम बराल र साथमा किरण गजमेर र कमल राईको स्वर सुन्न सकिन्छ।

    देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको म्युजिक भिडियोमा निराजन प्रधान , गीता थापा , राम प्रसाद हुमागाई र अजय हुमागाईको अभिनय देख्न सकिन्छ ।

    हरि हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। मन्जु खड्का योञ्जन उत्पादक रहेको भिडियोलाई सिम्पल खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

    अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गीतकार योञ्जनका यसअघि ‘पानी पिउने बहानामा’ , ‘हामी संग संगै हिड्दा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन्।

    भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीत प्रेमीलाई आग्रह गरेका छन्।


    GP Paudel
  • आइतबार, ७ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट