logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • ट्राफिक सचेतना सांगीतिक डमी अभियान

    ट्राफिक सचेतना सांगीतिक डमी अभियान

    • GP Paudel
    • सोमबार, ८ मंसिर २०७७
    1.9K
    SHARES
    ट्राफिक सचेतना सांगीतिक डमी अभियान

    नेपाल ज्योति- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन महाशाखाले यूट्यूव भिडियो पनि निर्माण गरेको छ ।

    उक्त भिडियोमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका वुढाथोकी, सामाजिक अभियान्ताहरू अभियान्ता योङजोम शेर्पा र राधा पोख्रेलले आवाज दिनुभएको छ भने सरोज वलीको ‘रातोमा वत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ ।

    उक्त भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालको परिकल्पना तथा स्लोगान शब्द गायक सरोज ओली र डिएसपी जयशङ्कर शर्माको रहेको छ ।
    भिडियो मेट्रो ट्राफिक एफ.एम ९५.५ मेघाहर्जको यूट्यूव च्यानल मा हेर्न सकिन्छ ।

    आम नागरिक, पैदलयात्री, चालकवर्ग लगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिबृद्धि गर्न उक्त भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ ।

    त्यस्तै, महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियान प्रभावकारी बन्दै गएको छ ।अभियान शुरू भएको एक हप्तामै १२ हजार ५३१ जना सांगीतिक डमीको जनचेतनाबाट लाभान्वित भएका छन् ।


    GP Paudel
  • सोमबार, ८ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved