logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • सांसद पाण्डेले लिए सपथ

    सांसद पाण्डेले लिए सपथ

    • GP Paudel
    • सोमबार, ८ मंसिर २०७७
    2.3K
    SHARES
    सांसद पाण्डेले लिए सपथ

    नेपाल ज्योति-नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले पद तथा गोपनीयताको शपथ खाएका छन् । सोमबार संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    पद तथा गोपनीयताको शपथपछि सभामुख सापकोटाले सांसद पाण्डेलाई सफल कार्यकालको शुभकामना दिए ।  प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त थियो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए । पद तथा गोपनीयताको शपथ लिएपछि सांसद पाण्डेले देश र जनताका लागि काम गर्ने बताए । उनले संसदमा प्रतिपक्षिको भूमिकालाई शसक्त बनाउन लागिपर्ने उल्लेख गरे ।

    त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका पाण्डे पहिलो संविधानसभा सदस्य पनि हुन् । त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।


    GP Paudel
  • सोमबार, ८ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट