logo

२०८१ चैत्र ६ बिहिबार

logo
  • बिहिबार, ६ चैत्र २०८१
  • दक्षिणतर्फ खुल्ला सिमा भएकाेले नियमन गर्न कठिन- अध्यागमन बिभाग

    दक्षिणतर्फ खुल्ला सिमा भएकाेले नियमन गर्न कठिन- अध्यागमन बिभाग

    • GP Paudel
    • मंगलबार, ९ मंसिर २०७७
    1.9K
    SHARES
    दक्षिणतर्फ खुल्ला सिमा भएकाेले नियमन गर्न कठिन- अध्यागमन बिभाग

    नेपाल ज्योति-दक्षिणतर्फको खुल्ला सिमाना भएका कारण आगमन र प्रस्थानलाई नियमन गर्न कठिन भएको अध्यागमन बिभागका महानिर्देशक रमेश कुमार केसीले बताएका छन ।

    सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको बिधायन व्यवस्थापन समिति बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा केसीले दक्षिणतर्फ ८ वटा अध्यागमन कार्यलय रहेको भएपछि बिभिन्न भेगमा अन्य खुल्ला सिमाना भएका कारण आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न कठिन भएको बताएका हुन ।

    दक्षिणतर्फको सीमा खुल्ला रहेकाे कारण अपराधिक घटनाहरु बढेकाे पर्यटक र अध्ययन भिसामा नेपाल आएर धर्म प्रचार गर्ने लगायतका अनुचित काम पनि हुदै आएको उनले बताए ।

    उहाले अन्य देशको अध्यागमनमा अग्रिम यात्रु प्रणाली लागू गरेपनि नेपालमा भने अझैसम्म पनि उक्त प्रणाली नै लागू गर्न नकिएको बताए ।

    बैठकमा गृहमन्त्री रामबहादुर थापाले अध्यागमनसम्बन्धी समस्याहरु सरकारले समधान गर्ने बताए । त्यस्तै उनले उक्त बिधेयकलाइ समयसापेक्ष अघि बढाउनुपर्ने बताए ।


    GP Paudel
  • मंगलबार, ९ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved