हालै नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ ।
नेपाल प्रहरीका उच्चअधिकारीहरुको असन्तुष्टि विच सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । हालका आईजीपी शैलेश थापा क्षेत्रीको १९ वैशाख २०७९ मा अवकाश भएपछि महानिरीक्षक (आईजीपी) बन्नका लागि उनी एक्लो दाबेदार देखिएका छन् ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times