logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • अनुमति पाएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा

    अनुमति पाएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा

    • GP Paudel
    • मंगलबार, १६ मंसिर २०७७
    1.7K
    SHARES
    अनुमति पाएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा

    कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् ।

    स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्काेमा छन् । शङ्खरापुर नगरपालिकामा २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय रहेका छन् ।

    तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विहान र बेलुका दुई सिफ्टमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ भने  कीर्तिपुर नगरपालिकालले सङ्क्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको बताए पनि पुष १५ बाट संचालन गर्ने गरि तयारि थालेको छ ।

    जोर विजोर प्रणाली अपनाउदै कागेश्वरी मनोहरा नगरपालिकाले मङ्सिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने जनाएको छ ।त्यसैगरि  टोखा नगरपालिकाले भने केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय खोल्ने तयारी गरिएको भएता पनि मिति एकिन भईनसकेको  बुझिएको छ ।

    जाडो मौसमका कारण रोग झनै फैलने संभावना हुने भन्दै नागार्जुन नगरपालिकाले तत्काल विद्यालय नखोल्ने भएको छ भने  गोकर्णेश्वर नगरपालिकाले निकट भविश्यमै विद्यालय खोल्ने जनाएको छ ।

    अन्य विद्यालयको जस्तै अभिबाक र सरोकारवालाको परामर्शमा बूढानीलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी सङ्ख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जानकारि विद्यार्थी तथा अभिबावकलाई दिईएको छ ।

    बुझिए अनुसार उपत्यकाका सवै जसो विद्यलयले पठन-पाठन सुचारु गर्ने तयारी थालेको देखिन्छ ।


    GP Paudel
  • मंगलबार, १६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट