logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि समेत खुला गरिने

    पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि समेत खुला गरिने

    • GP Paudel
    • मंगलबार, १६ मंसिर २०७७
    2.1K
    SHARES
    पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि समेत खुला गरिने

    कोरोना कहरको प्रभावले  गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि समेत खुला गरिने भएको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर  भौतिक दूरी कायम हुने गरि पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिएको कुरा राससलाई जनाएको छ ।

    विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न बाट बन्चित हुनु परेको थियो।

    सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घसंस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत निरन्तर गर्दै आएका थिए ।

    कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो । दर्शन गर्न नपाए पनि साउनको सोमबार भक्तजनले पशुपति क्षेत्र परिक्रमा गरेर आस्था प्रकट गरेका थिए ।

    ईतिहासकारहरुका अनुसार इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको अभिलेख नभेटिएको बताउँछन् ।


    GP Paudel
  • मंगलबार, १६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट