logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहको संलग्नता आशंका

    मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहको संलग्नता आशंका

    • GP Paudel
    • २०७७ मंसिर २३, मंगलबार
    2.5K
    SHARES
    मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहको संलग्नता आशंका

    नेपाल ज्योति- मोरङको मिक्लाजुङका एक शिक्षकको गोली प्रहारबाट हत्या भएको छ। मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको अज्ञात समूहले गोली हानी हत्या गरेको हो।

    उनको शव आज मंगलबार बिहान जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

    शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दूरीमा छ। मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ।

    बिहान सवा ६ बजेतिर ४–५ जनाको संख्यामा आएको विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट लिएर गएको सूचना आएको एसपी खड्काले जानकारी दिए।


    GP Paudel
  • २०७७ मंसिर २३, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट