logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • बार्सिलोनालाई हराउँदै युभेन्ट्स बन्यो समूह विजेता

    बार्सिलोनालाई हराउँदै युभेन्ट्स बन्यो समूह विजेता

    • GP Paudel
    • बुधबार, २४ मंसिर २०७७
    2K
    SHARES
    बार्सिलोनालाई हराउँदै युभेन्ट्स बन्यो समूह विजेता

    नेपाल ज्योति-इटालियन क्लब युभेन्ट्सले समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनामाथि ३-० गोलको जित निकालेको हो ।

    बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

    त्यस्तै वेस्टोन एमसीकेनले एक गोल गरे । उता बार्सिलोनाका लागि कुनै पनि खेलाडीले प्रभाव जमानउ सकेनन् ।

    खेलको १३ औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । २० औं मिनेटमा एमसीकेनले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

    ५२ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाए ।

    जितसँगै युभेन्ट्सले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । युभेन्ट्स समूह विजेता बनेको छ । समान अंक भएको बार्सिलोना समूहको उपविजेता बनेको छ ।

     


    GP Paudel
  • बुधबार, २४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved