logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • ९० वर्षीया बृद्धाले लगाइन् पहिलो कोरोना विरुद्धको खोप

    ९० वर्षीया बृद्धाले लगाइन् पहिलो कोरोना विरुद्धको खोप

    • GP Paudel
    • बुधबार, २४ मंसिर २०७७
    1.4K
    SHARES
    ९० वर्षीया बृद्धाले लगाइन् पहिलो कोरोना विरुद्धको खोप

    नेपाल ज्योति-बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ ।

    फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान सुरु भएको हो ।

    मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुवात गरियो ।

    बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ ।

    विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोना भाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताएका छन ।


    GP Paudel
  • बुधबार, २४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट