logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • विवाहमा गएकी महिलालाई जबरजस्ती करणी गर्न खोजेपछि शिक्षक पक्राउ

    विवाहमा गएकी महिलालाई जबरजस्ती करणी गर्न खोजेपछि शिक्षक पक्राउ

    • GP Paudel
    • बुधबार, २४ मंसिर २०७७
    1.6K
    SHARES
    विवाहमा गएकी महिलालाई जबरजस्ती करणी गर्न खोजेपछि शिक्षक पक्राउ

    नेपाल ज्योति-महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला एक शिक्षकले महिलामाथि जवर्जस्ती करणीको प्रयास गरेपछि पक्राउ परेका छन् ।

    सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ चिलाउनेमा भएको विवाहमा पाहुना आएकी धनुषाकी महिलालाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक सञ्जय साह पक्राउ परेका हुन् ।

    मंगलबार बिहान सो घटना भएको थियो । बिहान ४ बजे पिशाव फेर्न शौचालय गएकी ५० वर्षीया महिलालाई शिक्षक साहले जवर्जस्ती समातेर नजिकैको गोठमा लगेर जवर्जस्ती गर्न खोजेका थिए । प्रहरीलाई ती महिलाले दिएको प्रारम्भिक बयानअनुसार, साहले जवर्जस्ती समातेर गोठमा पुर्याएको र मुख थुनेर करणी गर्न खोजेपछि महिलाले प्रतिकार गरेका थिए ।

    प्रतिकारबाट उम्केपछि महिला चिच्याउँदै हारगुहार गरेपछि होहल्ला भयो । त्यसबेला शिक्षक साह भने भागिसकेका थिए । मंगलबार बिहानभर शिक्षक साहको खोजी भयो । शिक्षक साह भने भागेर ग्वाल्टार पुगिसकेका थिए ।

    गोलञ्जोर ६ घोक्सिलास्थित स्कूलमा पढाउने स्थायी शिक्षक हुन साह । गाउँमा कुटपिटमा पर्ने डरले उनी भागेर ग्वाल्टार पुगेको थाहा पाएपछि महिलाले प्रहरी चौकी ग्वाल्टारम उजुरी दिइन् । त्यसपछि शिक्षक साह पक्राउ परेका छन ।

    ग्वाल्टारबाट मंगलबार राति नै शिक्षक साहलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा राखिएको छ । मेडिकल गर्ने र म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाउने तयारीमा रहेको एसपी रञ्जु सिग्देलले जानकारी दिएका छन ।

    शिक्षक साह लामो समय करारमा गोलञ्जोर ४ कै एक स्कूलमा पढाउँथे । उनले स्थायीमा मनाङमा नाम निकाले । उनी मनाङबाट सरुवा भएर आएका हुन् । उनी गणित विषयका शिक्षक हुन् ।

    शिक्षक साहमाथि यसअघि पनि गाउँमा महिलामाथि कुदृष्टि राखेको आरोप लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।


    GP Paudel
  • बुधबार, २४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट