logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • मुलुकको बिकासका लागि स्पष्ट भिजन र कार्यदिशा हुनुपर्छ- माधव कुमार नेपाल

    मुलुकको बिकासका लागि स्पष्ट भिजन र कार्यदिशा हुनुपर्छ- माधव कुमार नेपाल

    • GP Paudel
    • बुधबार, २४ मंसिर २०७७
    1.9K
    SHARES
    मुलुकको बिकासका लागि स्पष्ट भिजन र कार्यदिशा हुनुपर्छ- माधव कुमार नेपाल

    नेपाल ज्योति-नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा सोचजस्तो बिकास हुन नसक्नुको कारण पहिल्याउनुपर्ने बताएका छन ।

    बुधबार काठमाडौंमा आयोजित नवप्रवद्र्धन प्रस्ताव आह्वान समुद्घाटन समारोहमा नेता नेपालले नेपालमा बिकासका धेरै प्रयास भएपनि सोचजस्तो प्रगति हुन नसकेको भन्दै कारण पहिल्याउनुपर्ने बताएका हुन ।

    उनले मुलुकको बिकासका लागि स्पष्ट भिजन र कार्यदिशा हुनुपर्ने बताए ।

    नेता नेपालले यथार्थपरक र बस्तुवादी अभ्यासलाई अवलम्वन गर्दै अघि बढ्नुपर्ने बेला आएको बताए ।

    अझै पनि नेपाली समाजमा सामाजिक भेदभाव र गरिवी कायमै रहेको भन्दै नेता नेपाललाई सामाजिक सास्कृति, शैक्षिक र आर्थिक रुपमा पछि परेका समूदायलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।

    उद्यमी बन्न चाहने युवाका लागि वाग्मती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्त रूपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान गर्ने कार्यक्रमको सुरुवात गरेको हो ।

    युवाहरूको ज्ञान, सीप र क्षमतालाई नवप्रवर्द्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने र उत्कृष्ट आइडिया पठाउने युवालाई उद्यमशीलतासम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि प्रस्ताव आह्वान गरिएको आयोजकले जनाएको छ ।


    GP Paudel
  • बुधबार, २४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट