logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • पूर्वराजदूत कमानसिंह लामाको निधन

    पूर्वराजदूत कमानसिंह लामाको निधन

    • GP Paudel
    • विहिबार, २५ मंसिर २०७७
    3K
    SHARES
    पूर्वराजदूत कमानसिंह लामाको निधन

    नेपाल ज्योति-
    दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । पछिल्लो समय लामालाई कोरोना संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।



    उपचारका क्रममा उनको गएराति निधन भएको काभ्रेका सांसद गंगाबहादुर तामाङले जानकारी दिएका छन । सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले पनि फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो फेसबुकमा पोष्ट गरेका छन् ।

    काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए । दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए । उनी नेकपाका केन्द्रीय सदस्य हुन् ।


    GP Paudel
  • विहिबार, २५ मंसिर २०७७
  • सम्बन्धित समाचार