logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • गायिका रेखा ढुंगाना कटवालको ‘घाँसको माया गाईलाई’ गीतले पायो दर्शक श्रोताको अगाध माया (भिडियाे) सहित

    गायिका रेखा ढुंगाना कटवालको ‘घाँसको माया गाईलाई’ गीतले पायो दर्शक श्रोताको अगाध माया (भिडियाे) सहित

    • GP Paudel
    • बिहिबार, २५ मंसिर २०७७
    3.5K
    SHARES
    गायिका रेखा ढुंगाना कटवालको ‘घाँसको माया गाईलाई’ गीतले पायो दर्शक श्रोताको अगाध माया (भिडियाे) सहित

    नेपाल ज्योति- गायिका रेखा ढुंगाना कटवालको स्वरमा सजिएको साथै चर्चित नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ गीतको भिडियो सार्वजनिक भए संगै टिभि,रेडियो सहित अन्य संचार माध्यममा राम्रै चर्चा बटुलेको छ । युटुब सस्करणमा इनाक्षी इन्टरटेनमेन्ट मार्फत बजार प्रबर्द्दन गरिएको उक्त् गीतले बर्तमानको संगीत मनलाई टपक्कै टिपेको छ।
    सुन्नको लागि कर्णप्रिय रहेको साथै कुनै पनि कार्यक्रममा नाच्न मिल्ने कारण पनि गीतको चर्चा हुने गरेको छ। नेपाली मौलिकपनलाई समाउदै संगीत सिर्जना भएको उक्त्त गीत अझै दर्शक श्रोताको रोजाईमा छ।

    राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतका रचनाकार राजेन्द्र थापा हुन् भने गीतमा संगीत पनि गायक शिवाकोटीको नै छ। रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा सम्पादन भने चर्चित कोरियोग्राफर शिव बिकले गरेका छन्। भिडियोमा बाल कलाकार भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ। भिडियोको सम्पादन भने विकास ज्ञवालीको छ।
    युटुब मार्फत दर्शक श्रोत माझ पुगेको ‘घाँसको माया गाईलाई’ गीत भने फरक धारको लेखन रहेको त्यसका रचनाकार समेत रहनुहुने गीतकार राजेन्द्र थापाको बुझाई छ। तर बजारमा बिकाउ संगीतको कारण फरक धारका गीतलाई रुचाउँन अलि समय लाग्ने केहि संगीताकर्मिहरु बताउछन।


    यता सामाजिक संजालमा लाईक साथै हेराईको आधारमा गरिने मापन भने नेपाली गीत संगीतको सत्रु नै भएको र कालान्तरमा यसले गीत संगीत सिर्जना समेतलाई असर गर्ने संगीतमा लाग्नेहरुको गुनासो छ।
    बिश्व भरि नै सामाजिक सञ्जालको प्रयोगसँगै गीतसंगीतले पनि आफ्नो बजार त्यहीभित्र खोजिरहेको छ । नेपाली गीतसंगीतमा लगानी गर्ने लगानीकर्तालाई धेरै आर्थिक प्रतिफल नभए पनि कसैले त आफ्नो नामले मात्र चित्त बुझाउनु पर्ने अवस्था रहेको ‘घाँसको माया गाईलाई’ गीतका प्रोडूसर समेत रहनुहुने रामजानक कटुवालको भनाई छ। पछिल्लो समयको गीतसंगीतलाई राम्रोसँग अध्ययन गर्ने हो भने बजारमा सामान्य गीतको हल्ला संगै त्यसकै पछि लाग्नेहरुको जमात धेरै देखिन्छ । तर बाचिरहने गीतको खोजि कसैले गरेको देखिदैन यो नेपाली संगीतलाई असर हो उहाँको गुनासो छ।

    एउटा भिडियो निर्माण गर्दा थोरैमा पनि दुई देखि १० लाख माथिसम्म लगानी गर्नेहरु पनि छन् । तर गरेको लागानीको प्रतिफल आएको छ त ? कि बुष्ट्को सहारा लिएर ट्रेन्डिङ र मिलियन भ्यूजलाई अरुका अगाडि देखाउदै युटूब सिरानी लाएर सुत्ने ? उहाँ आक्रोश यसरि पोख्नुहुन्छ।

    नेपाली गीतमा आफ्नोपन संगै मौलिकता हराईरहेको र अब त बाहिरि सस्कृतिले नेपाली साहित्य संगीतलाई समेत नामेट पार्न सक्ने चिन्ता मौलिक संगीतकर्मीहरुलाई छ । संगीतमा आफ्नो संस्कारको विकास हुन सकेन भने कुनै पनि उपलब्धी हासिल हुन सक्दैन ।
    (हेरौं भिडीयो)


    GP Paudel
  • बिहिबार, २५ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट