logo

२०८२ बैशाख ९ सोमबार

logo
  • सोमबार, ९ बैशाख २०८२
  • ९ वटा दुतावास अगाडि एकैसाथ प्रर्दशन

    ९ वटा दुतावास अगाडि एकैसाथ प्रर्दशन

    • GP Paudel
    • शुक्रबार, २६ मंसिर २०७७
    2.1K
    SHARES
    ९ वटा दुतावास अगाडि एकैसाथ प्रर्दशन

    काठमाडौं-आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले उपत्यकाका बिभिन्न दुतावासअगाडी एकैसाथ प्रर्दशन गरेको छ ।

    ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै समाजले काठमाण्डौ र ललितपुरस्थित ९ वटा दुतावास अगाडि एकसाथ प्रदर्शन गरेको हो ।

    धर्नामा आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो, सबै आणविक अस्त्र नष्ट गर, आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, आणविक अस्त्र चाहिदैँन शान्ति मास्न पाइदैँन, लेखिएका ब्यानरहरु प्रदर्शन गरिएको थियो ।

    यसैगरी सहभागिहरुले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गरि अरबौको मन जित्न आणविक अस्त्र भएका राष्ट्रहरुलाई आग्रह गरेका थिए भने युद्ध निषेध ः शान्ति विशेष, युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ, युद्ध रोक शान्तिलाई बढावा देउ, लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

    यसैगरी देशका ३१ जिल्लामा ७२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन यहि अभियान अन्तर्गत प्रदर्शन गरिएको समाजले जनाएको छ ।


    GP Paudel
  • शुक्रबार, २६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved