काठमाडौं-हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
यसै कारण देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भु-भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागहरुमा आंशिक बदली रहेको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times