logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • मेराविरुद्ध कुप्रचार गरियो, दाेषी देखिए दण्ड भाेग्न तयार छु : नारायणकाजी

    मेराविरुद्ध कुप्रचार गरियो, दाेषी देखिए दण्ड भाेग्न तयार छु : नारायणकाजी

    • GP Paudel
    • शुक्रबार, २६ मंसिर २०७७
    1.7K
    SHARES
    मेराविरुद्ध कुप्रचार गरियो, दाेषी देखिए दण्ड भाेग्न तयार छु : नारायणकाजी

    काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिवंगत नेता कमानसिंह लामासँगकाे विषयमा जाेडेर आफ्नाे चरित्र हत्या गर्न खाेजिएकाे बताएका छन् ।

    पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको मृत्यु भएपछि विभिन्न सञ्चारमाध्यममा नारायणकाजीसँग जाेडेर विभिन्न समाचार बाहिर आएका थिए । तर बाहिर समाचारमा आएजस्ताे कुनै सत्यता नभएकाे नारायणकाजीले बताएका छन् ।

    हाइड्राेपावरकाे सेयरकाे विषयमा विवाद हुँदा आफूले विवाद समाधानका लागि मध्यस्तता मात्रै गरेकाे नारायणकाजीले बताए । तर साेही विषयलाई लिएर लामाकाे निधन भइसकेपछि चरित्रहत्या गर्ने उद्देश्यले अडियाे सार्वजनिक गरिएकाे उनकाे भनाइ छ ।

    काेराेना संक्रमण पुष्टि भएपछि लामाले लेनदेनकाे विवाद रहेकाे देखिने गरी सामाजिक सञ्जालमा स्टाटसहरू लेखेका थिए । तर ती कुनै पनि स्टाटसमा नारायणकाजीकाे नाम उल्लेख छैन । लामाले नामै उल्लेख नगरेकाे अवस्थामा उनकाे मृत्युपछि आफ्नाे नाम जाेडेर अतिरञ्जित तरिकाले प्रचार गरिनु दुर्भाग्य भएकाे उनले बताए ।

    ‘कमरेड लामा र मबीच लामाे समयदेखि निकटकाे सम्बन्ध थियाे । हाइड्राेकाे सेयरको विषयमा विवाद हुँदा उहाँकै अनुरोधमा मैले विवाद समाधानका लागि मध्यस्थता गरेकाे मात्रै हुँ’, उनले भनेका छन्, ‘यस घटनामा मेराे अलिकति पनि गल्ती देखिए जस्ताेसुकै दण्ड भोग्न तयार छु ।’

    प्रवक्ता श्रेष्ठले लामाको मृत्युबाट आफू सबैभन्दा दुःखी भएकाे पनि बताएका छन् । बाहिर आएकाे अडियाे र भिडियाेमै पनि त्यस्ताे आपत्तिजनक विषय नभएकाे उनकाे भनाइ छ ।


    GP Paudel
  • शुक्रबार, २६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved