उनको छोरीका अनुसार कोरोना संक्रमणबाट मुक्त भइसकेपछि उनलाई सीसीयूमा सारिसकिएको थियो र उनी बोल्ने–खाने गर्न थालिसकेका थिए। तर, अचानक फोक्सोको समस्याका कारण श्वास फेर्न गाह्रो महसुस गरेका उनको उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो। उनी ८४ वर्षको वृद्ध उमेरमा पनि जवान जोशका साथ गीत गायन तथा संगीत कर्मममा सक्रिय थिए।
प्रतिभालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका लोकप्रिय गायक थापाको वृद्ध उमेरमा पनि गायन सक्रियता भने उस्तै जवान थियो। गायक थापाले ८४ वर्षको वृद्ध उमेरमा पनि आफूलाई सांगीतिक जगत्मा सक्रिय राख्ने क्रममा केही अघिसम्म पनि नयाँ एल्बमका लागि गीत रेकर्डिङ गराइरहेका थिए।
वृद्ध उमेरमा पनि आफ्नो सुमधर स्वर दिएर विभिन्न गीतकार तथा संगीतकारका शब्द र सांगीतिक सिर्जनालाई अमूल्य तुल्याउँदै आएका गायक थापाले आप्नो छैठौं एल्बमको गीत रेकर्ड गराएका थिए भने अन्य सर्जकका गीतका लागि पनि आफ्नो सुमधुर स्वर दिँदै आएका थिए।
२०१८ सालबाट औपचारिकरूपमा गीत रेकर्ड गराउन शुरू गरेका थापाको प्रतिभा गायकका रूपमा मात्र सीमित छैन। २०११ सालदेखि कविता लेखनमा कलमसमेत चलाउँदै आएका उनी गीतकार, गायक, संगीतकार, कथाकार र लेखकका रूपमा पनि उत्तिकै लोकप्रिय थिए। थापा सांगीतिक क्षेत्रमा सिद्धान्तमात्र नभई व्यावहारिक पक्षलाई पनि आत्मसात गर्नुपर्ने मान्यता राख्थे।
सप्तरीको ब्रह्मजियामा जन्मिएका थापाले २०११ सालमा एसएलसी पास गरेपछि महाराजगन्जको विश्वबन्धु पुस्तकालयमा जनरल सेक्रेटरीको काम गरेका थिए। त्यस समयमा महिनाको तीन शुक्रबार कविता सम्मेलन र एउटा शुक्रबार गाउने बजाउने सम्मेलन हुन्थ्यो।
त्यहीं उनलाई संगीतको संगतले सुर–तालमा गाउनुपर्छ भन्ने सिकायो र पछि रत्नदास माड्साबसँग सिक्न थाले। २०१३ सालमा रेडियो नेपालमा क्षेत्रीय कार्यक्रममा गीत गाएपछि उनमा संगीतको नशा झन् लाग्यो र स्टेजमा पनि गाउने आँट आयो। त्यो आँटले उनलाई ८४ वर्षको वृद्ध उमेरसम्म पनि सांगीतिक यात्रामा डोहोे¥याइरहेको थियो। त्यसैको नतिजा थियो, थापा हप्तैपिच्छेजसो गीत रेकर्डिङ गराइरहेका हुन्थे।
उनले गाएका आशाको दियो बालेर, लुकाइ लुक्दैन, म पतझड तिमी मधुमास, भन लौ तिमी नढाँटी, दिलको आवाज, कुहिरोसँग डाँडाकाँडा, म मकिएको धुरी खाँबो, दैव संजोग जस्ता दर्जनौं गीत आज पनि उत्तिकै लोकप्रिय छन्।(musickhabar.com)
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times