logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • ट्रम्पलाई अर्को झड्का, मत बदर सम्बन्धी मुद्दा सर्वोच्चबाट खारेज

    ट्रम्पलाई अर्को झड्का, मत बदर सम्बन्धी मुद्दा सर्वोच्चबाट खारेज

    • GP Paudel
    • आइतबार, २८ मंसिर २०७७
    2.7K
    SHARES
    ट्रम्पलाई अर्को झड्का, मत बदर सम्बन्धी मुद्दा सर्वोच्चबाट खारेज

    मत बदरको माग दाबीसहित टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।



    टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध भएको दाबी गर्दै सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए ।

    सर्वोच्च अदालतले उक्त माग दाबीसहितको मुद्दा खारेज गरेको बीबीसीले जनाएको छ ।

    मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १ सय २७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नै नरहेको जनाएको छ ।

    सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउँने कानूनी आधार नै छैन ।’

    यसअघि गएको मंगलबार सर्वोच्च अदालतले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा पनि खारेज गरेको थियो ।

    अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज मतमध्ये बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । तर उनको उक्त परिणामलाई ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।


    GP Paudel
  • आइतबार, २८ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved