logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • बालुवाटार जग्गा प्रकरणमा दीप बस्न्यात पुर्पक्षका लागि थुनामा !

    बालुवाटार जग्गा प्रकरणमा दीप बस्न्यात पुर्पक्षका लागि थुनामा !

    • GP Paudel
    • सोमबार, २९ मंसिर २०७७
    2K
    SHARES
    बालुवाटार जग्गा प्रकरणमा दीप बस्न्यात पुर्पक्षका लागि थुनामा !

    काठमाडौं-बालुवाटार ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

    विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।उनलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    बस्न्यात अख्तियारको आयुक्त हुनुअघि भूमिसुधार मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका थिए । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


    GP Paudel
  • सोमबार, २९ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट