logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • ओलीकै कारण सडकमा ‘राजा आऊ’को नारा लाग्यो : देउवा

    ओलीकै कारण सडकमा ‘राजा आऊ’को नारा लाग्यो : देउवा

    • GP Paudel
    • सोमबार, २९ मंसिर २०७७
    2.8K
    SHARES
    ओलीकै कारण सडकमा ‘राजा आऊ’को नारा लाग्यो : देउवा

    काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण ुराजा आऊ देश बचाऊुको नारा लागेको आरोप लगाएका छन्।

    देशव्यापी विरोध प्रर्दशनलाई हेटौँडामा सम्बोधन गर्दै देउवाले ओलीसँगको मिलेमतो र निरासाका कारण यस्तो भएको टिप्पणी गरेका छन। कोरोना महामारीको समयमा जनताका लागि काम गर भन्दै नेपाली काग्रेसलाई सरकारलाई पूर्ण सर्मथन गरेको तर सरकार सर्वसत्तावाद साँध्नेतिर अघि सरेको बताएका छन।

    ‘हामीले कोरोनामा जनतालाई बचाउन सरकारलाई यत्रो समय सहयोग गरेकै हो। कोरोना कोषमा रकमजम्मा गर्ने देखि रचनात्मक आलोचना गरेरका थियौँ,’ देउवाले भने, ‘तर सरकार स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गर्ने कमिसन लिने अनि जनताको उपचार नगर्ने काममा लाग्यो।’

    सरकार सर्वसत्तावाद लाद्ने र आफूबाहेक अरु सबैलाई निषेध गर्नेकाममा लागेकाले सडकमा आउन परेको देउवाको दाबी थियो। सुरुमा निर्वाचनको समयमा कम्युनिष्ट सरकार आएमा हास्न पाइँदैन भनी आफूले भनेको कुरा अहिले जनताले महशुस गरेको भन्दै उनले कोरोना कहरमा जनतालाई सरकारले रुन पनि नदिएको उनको आरोप थियो।

    ‘अब सर्वसत्तावादविरुद्ध नेपाली कांग्रेस अघि बढेको छ,’ देउवाले भने, ‘जनताले लडेर ल्याएको गणतन्त्रविरुद्ध सरकारकै कारण सडकमा नारा लागेका छन् तर राजा फर्केर आउने सम्भावना छैन।’


    GP Paudel
  • सोमबार, २९ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved