logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • यसरी बन्दै छ लार्चा दोभानको पर्यटकीय पदमार्ग [फोटोफिचर]

    यसरी बन्दै छ लार्चा दोभानको पर्यटकीय पदमार्ग [फोटोफिचर]

    • GP Paudel
    • मंगलबार, ३० मंसिर २०७७
    4.9K
    SHARES
    यसरी बन्दै छ लार्चा दोभानको पर्यटकीय पदमार्ग [फोटोफिचर]

    सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र जाने बाटो निर्माण कार्य लार्चा दोभानमा तीब्र रुपमा अघि बढाइएको छ ।

    खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ३ जोरसल्लेदेखि लार्चा दोभान नयाँ पुलसम्मको करिब ३ किलोमिटर पर्यटकीय पदमार्ग जीर्ण भएकाले तत्कालै बाटो निर्माण गरिएको खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । ‘विश्वको शीर सगरमाथा भएको हाम्रो गाउँपालिकामा दिनप्रतिदिन पर्यटकहरुको चाप बढिरहेकाले यहाँको भौतिक संरचना पनि मर्मत गर्नुपर्ने भएकाले लार्चा दोभानको बाटो बनाएका हौं ।’ अध्यक्ष शेर्पाले भने, ‘यो पदमार्ग निर्माण पश्चात डेढ घण्टा लगाएर घुम्नुपर्ने बाटो छोटिएर आधाघण्टामा लार्चा दोभानको नयाँ पुल पुगिन्छ ।’

    सगरमाथाको प्रवेशद्धारा नाम्चेबजार जोड्ने पदमार्गमध्ये सबैभन्दा अफ्ठ्यारो र जोखिम बाटो भएकाले अधिकांश भागमा फलामको रेलिङ लगाएर निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दावाग्याल्जेन शेर्पाले बताए । सो क्षेत्रको अधिकांश भू-भाग चट्टाने भीर रहेकाले चट्टान काटेर आरसीसी ढलान गरी बाटो निर्माण भैरहेको उपभोक्ता समितिका अध्यक्ष शेर्पाले बताए ।




    GP Paudel
  • मंगलबार, ३० मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट