logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गरिने

    गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गरिने

    • GP Paudel
    • बुधबार, १ पुष २०७७
    2.6K
    SHARES
    गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गरिने

    काठमाडौं-सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रीत रहने बताएका छन ।

    मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन मार्फत २ महिना कार्यकालको समीक्षा गर्दै मन्त्री श्रेष्ठले आफु भाषण भन्दा पनि विकास निर्माणमा मात्र केन्द्रीत हुने बताए ।

    दुई महिनाको अवधिमा १८ वटा बुँदे उपलब्धी प्रस्तुत गरेका मन्त्री श्रेष्ठले आगामी २ महिनामा स्पष्ट परिणाम देख्ने गरि काम गर्ने दावी गरे । मन्त्री श्रेष्ठले प्रस्तुत गरेको १८ वटा बुँदामा बालुवाटारमा रहेको प्रधानमन्त्री कार्यालय परिसरमा निर्माण भएको हेलिप्याडदेखि, झापामा निर्माणाधिन भ्यूटावरसम्मको चर्चा गरिएको छ ।

    उनले आगामी माघ महिनाभित्रमा ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गर्ने बताए । त्यस्तै उनले आफुले अनुगमन गरेपछि वीर अस्पतालको ५ सय क्षमताको वेड सहितको कोभिड संक्रमितको उपचार व्यवस्था गर्न लागिएको बताए ।

    मन्त्री श्रेष्ठले मन्त्रालयले सार्वजनिक गरेको दुई महिने योजनाको सबै काम पुरा गर्ने प्रतिवद्धता पनि जनाए ।


    GP Paudel
  • बुधबार, १ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट