पन्तकै स्वरमा रहेको गीत गीतकार सुरेश वाग्लेले रचना गरेका हुन्। गीतको म्युजिक भिडियोमा परितोषिका साथमा मोडेल कुन्साङ बम्जन देखिएका छन्। १० वर्ष अघि रचना गरिएको गीत भएपनि आफ्ना लागि यो गीत विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाइ छ।
यो गजल भएपनि आधुनिक किसिमले पहिलो प्रयास स्वरुप मैले सङ्गीत भर्ने प्रयास गरेकी छु। सँगै छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेकी छिन्। त्यसैले पनि यो केही विशेष छ, गायिका पन्तले भनिन्। यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई पनि विशेष लागेको सर्जक वाग्लेले बताएका छन।
गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। फिल्म तथा थुप्रै म्युजिक भिडियोमार्फत् आफ्नो कामको अब्बलता प्रस्तुत गर्दै आएका खड्काले पहिले जस्तै गायिका पन्तसँग र छोरी परितोषिका पन्तसँगको संयोजनलाई दर्शक श्रोताले मन पराउने विश्वास व्यक्त गरेका छन।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times