logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • सरकारले हाम्राे गुनासाे सुनेन- उखु किसान

    सरकारले हाम्राे गुनासाे सुनेन- उखु किसान

    • GP Paudel
    • बुधबार, १ पुष २०७७
    2.5K
    SHARES
    सरकारले हाम्राे गुनासाे सुनेन- उखु किसान

    काठमाडौं-लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्तौता रकम नपाएको भन्दै उखुकिसानहरुले निरन्तर काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।

    बुधबार उनीहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारको ध्यानाकर्षण गर्न भन्दै माइतिघरमा धर्ना दिएका हुन् ।

    धर्नामा सहभागी भएका उनीहरुले आफुहरुको माग पुरा नभए सिंहदरबार घेर्ने चेतावनी पनि दिएका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबारलेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् ।

    उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । किसानहरुले काठमाडौंमा बसेको सरकारले आफुहरुको कुरा नसुनेको गुनासो गरेका छन् ।

    सरकारले किसानसँग गरेको पटक पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिले जनाएको छ ।


    GP Paudel
  • बुधबार, १ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट