logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • सरकारी तलब खानेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहले जारी गर्यो पत्र

    सरकारी तलब खानेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहले जारी गर्यो पत्र

    • GP Paudel
    • विहिबार, २ पुस २०७७
    2.7K
    SHARES
    सरकारी तलब खानेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहले जारी गर्यो पत्र

    काठमाडौं- गृह मन्त्रालयले सरकार तथा सरकारी स्वामित्वमा रहेका संघ संस्थाबाट सेवा सुविधा लिइरहेका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोक्नका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले हिजो परिपत्र पठाएको हो ।



    गृहको पत्रमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरुको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकास सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता रोक्न भनिएको छ ।

    कानुनअनुसार यसअघि नै रोकिनुपर्नेमा केही स्थानीय तहमा वितरण भइरहेको भन्ने जानकारी आएकाले यस्तो परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । परिपत्रमा लाभग्राहीको विवरण रुजु गरी दोहोरो सुविधालाई निरुत्साहित गर्न पनि भनिएको छ ।


    GP Paudel
  • विहिबार, २ पुस २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट