logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्चमा मुद्दाको पेसी तोकियो

    सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्चमा मुद्दाको पेसी तोकियो

    • GP Paudel
    • शुक्रबार, ३ पुष २०७७
    2.1K
    SHARES
    सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्चमा मुद्दाको पेसी तोकियो

    काठमाडौं -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र तीव्र विवाद नसुल्झिएको बेला सर्वोच्च अदालतमा संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी तोकिएको छ।

    प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षमा सापकोटाले प्रचण्डको पक्ष लिएको ओली पक्षको बुझाइबीच उनीविरुद्धको मुद्दा आज प्रधानन्यायाधीश सम्मिलित पूर्ण इजलासकोे संवैधानिक फाँटमा पेसीमा चढेको हो।

    काभ्रेकी पूर्णिमाया लामाले सभामुख अग्नि सापकोटाविरुद्ध दिएको मुद्दा आज संवैधानिक इजलासमा पेसी चढेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ न्यायाधीश रहेका छन् ।

    यो मुद्दाको अन्तिम पटक पेसी ०७६ फागुन ३० गते चढेको थियो । त्यसपछि चैत्र ९ गतेबाट अदालतमा लकडाउन सुरु भयो ।


    GP Paudel
  • शुक्रबार, ३ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved