logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • देशभर चिसो बढ्यो,चिसोकै कारण सिराहामा ४ जनाको मृत्यु

    देशभर चिसो बढ्यो,चिसोकै कारण सिराहामा ४ जनाको मृत्यु

    • GP Paudel
    • शुक्रबार, ३ पुष २०७७
    4.8K
    SHARES
    देशभर चिसो बढ्यो,चिसोकै कारण सिराहामा ४ जनाको मृत्यु

    सिरहा-केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चारजनाको मृत्यु भएको छ ।

    चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका-५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।


    GP Paudel
  • शुक्रबार, ३ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट