logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • मालपोत कर्मचारीले काम ढिलाई गरेको भन्दै सेवाग्राहीले गरे तोडफोड

    मालपोत कर्मचारीले काम ढिलाई गरेको भन्दै सेवाग्राहीले गरे तोडफोड

    • GP Paudel
    • शुक्रबार, ३ पुष २०७७
    4.1K
    SHARES
    मालपोत कर्मचारीले काम ढिलाई गरेको भन्दै सेवाग्राहीले गरे तोडफोड

    पर्वत- पर्वतको मालपोत कार्यालयमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी कार्यालयका सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका हुन् । जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिए । अहिले तोडफोड गर्ने खत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले नियन्त्रणमा लिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    GP Paudel
  • शुक्रबार, ३ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट