logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रलाई

    सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रलाई

    1.4K
    SHARES
    सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रलाई

    धरान। स्थानीय प्रो शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन्। राईले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जितेका छन्।

    धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन्। शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे।

    सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे। एमेच्योरतर्फ दोस्रो स्थान युवराज भुजेल (२२३) र तेस्रो स्थान सद्भाव आचार्य (२२७) ले हासिल गरे।

    व्यावसायिकतर्फ दोस्रो स्थानमा धरानकै बलभद्र राई रहे। उनले समग्रमा ७ ओभर २१७ स्कोरका साथ ८८ हजार रुपैयाँ जिते। तेस्रो स्थानमा ९ ओभर २१९ स्कोर जोडेका निरज तामाङले ६५ हजार रुपैयाँ हात पारे। चौथो स्थानमा सञ्जय लामाले १० ओभर २२० स्कोरसाथ ५३ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

    सुरुआती दुई दिनमा ३६ होलको खेलपछि २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका थिए। प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ७५ हजार रुपैयाँ रहेको थियो।

    विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल पुलिसका एआईजी हरि पाल, सूर्य नेपालका सहायक ब्रान्ड म्यानेजर नवीन सरोज र धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरे।

    कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए। प्रतियोगिताअन्तर्गत शुक्रबार व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ।


    अर्थ चाैतारी
  • बिहिबार, १५ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved