logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • आजबाट ‘कठपुतली’को प्रदर्शन

    आजबाट ‘कठपुतली’को प्रदर्शन

    2.1K
    SHARES
    आजबाट ‘कठपुतली’को प्रदर्शन
    काठमाडाैं । नेपालमा सीमितमात्रै बन्ने हरर विधामा बनेको फिल्म ‘कठपुतली’ आजबाट प्रदर्शनमा आएको छ। भीमसेन लामाको डेब्यु निर्देशन रहेको हरर फिल्म आजबाट प्रर्दशनमा आएको हो।
    दरबारबाट परित्याग गरिएका राजकुमार एउटा घरमा फसेपछि भएका असाधारण घटनाहरु फिल्ममा देखाइएका छन्। फिल्ममा राजकुमारले राष्ट्रिय संकटको समयमा बाँच्नका लागि गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।

    ‘लघु चलचित्र’मा स्थापित भएका भीमसेन लामाले यो फिल्ममार्फत डेब्यु गरेका हुन्। फिल्मलाई सम्पदा मल्लले लेखेकी छिन् भने यसमा पृथ्वी राना मगरको लगानी रहेको छ। फिल्ममा कर्मा, मिथिला शर्मा, गौरी मल्ल, उषा रजक, ध्रुव कोइरालालगायतका कलाकारको अभिनय रहेको छ।



    शुक्रबारबाट प्रदर्शनमा आएको ‘कठपुतली’ले हिन्दीसँगै केही विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्दै छ। ‘पुष्पाः द राइज’, ‘स्पाइडर–म्यानः नो वे होम’, ‘अतरंगी रे’लगायतसँग भिड्दै छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट