logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • चन्द्रागिरी टिकट बुकिङ्गमा ३०५ छुट

    चन्द्रागिरी टिकट बुकिङ्गमा ३०५ छुट

    1.9K
    SHARES
    चन्द्रागिरी टिकट बुकिङ्गमा ३०५ छुट

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्दित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३०५ क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

    उक्त अफर चन्द्रागिरी टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि पौष १७ गतेसम्म रहेको छ । र सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ । करिब ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो ।

    आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट