काठमाडौं । नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ। गत मंसिर ५ गते माओवादी शान्ति प्रकृयामा आएको १५ बर्ष पुरा भएको छ ।
आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ। लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड छ।
त्यस्तै चालु दायित्व १ लाख ६६ हजार रहेको छ। यो वर्ष ६९ लाख आम्दानी भएको छ। गत वर्ष ५४ लाख आम्दानी भएको लेखा आयोगले जनाएको छ। माओवादीलाई ८ लाख ८७ हजार वार्षिक ऋण रहेको पनि आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times