logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • ग्लोबल आइएमई बैंकद्वारा सात प्रदेशमा रक्तदान कार्यक्रम

    ग्लोबल आइएमई बैंकद्वारा सात प्रदेशमा रक्तदान कार्यक्रम

    2.6K
    SHARES
    ग्लोबल आइएमई बैंकद्वारा सात प्रदेशमा रक्तदान कार्यक्रम

    काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले पौष १६ गते सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

    प्रदेश १ कोतिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ कोलाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ, गण्डकी प्रदेशको न्युरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशका विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगत दान गरिएको छ । यसअघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

    बैंकको १५ औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved