काठमाडाैं । एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छुटको व्यवस्था गरिएको छ । एनएमबि बैँक र हिमालय दृश्य होटेल बीचको सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए ।