logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • मालवस्तु आयातकर्ताले अब भन्सार शुल्क डिजिटल माध्यमबाटै भुक्तानी गर्नुपर्ने

    मालवस्तु आयातकर्ताले अब भन्सार शुल्क डिजिटल माध्यमबाटै भुक्तानी गर्नुपर्ने

    2.1K
    SHARES
    मालवस्तु आयातकर्ताले अब भन्सार शुल्क डिजिटल माध्यमबाटै भुक्तानी गर्नुपर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सार कारोबारलाई व्यवस्थित गर्न अब डिजिटल माध्यमबाटै राजस्व संकलन गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विदेशी मुद्रा व्यवस्थापन तथा कारोबार सम्बन्धी एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै क्यासलेस भन्सार कारोबारमा जोड दिएको हो ।



    शुक्रबार एक सूचना जारी गर्दै बैंकले विद्युतीय भुक्तानी प्रणाली लागू भएका र विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत् हुने आयातको हकमा आयातकर्ताहरुलाई चेक जारी नगर्न विनिमय कारोबारको इजाजतपत्र प्राप्त बैंक तथा प्रदेशस्थित कार्यालयहरुलाई परिपत्र गरेको छ । तर, उल्लिखित धरौटी रकम भने लिन बैंकले निर्देशन गरेको छ ।

    तर, यस्तो भुक्तानीमा विद्युतीय प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत् हुने आयातको हकमा चेक जारी गर्न नपाइने बैंकले जनाएको छ । सोही व्यवस्थामा थप संशोधन गर्दै केन्द्रीय बैंकले मालसामान आयातको भुक्तानी प्रचलित व्यवस्थामा रही प्रतीतपत्र, ड्राफ्ट वा टि।टि।को माध्यमबाट भारतीय रुपैयाँमा सटही सुविधा प्रदान गर्न सकिने तर यस्तो सटही तीन करोडभन्दा बढीको वस्तु आयातमा अनिवार्य प्रतीतपत्र मार्फत जानुपर्ने व्यवस्था गरेको छ ।

    यसरी प्रतीतपत्र, ड्राफ्ट वा टि।टि।को माध्यमबाट सामान आयात गर्दा प्रचलित व्यवस्था बमोजिम २ वा १० प्रतिशत धरौटी लिनुपर्ने र सो रकमबाट भन्सार महसुल बुझाउनका लागि भने आयातकर्ताको अनुरोधमा चक उपलब्ध गराउन सकिने बताएको छ । तर, विद्युतीय माध्यममा गइसकेका भन्सार कार्यालयहरुमार्फत् हुने आयातको हकमा भने चेक जारी गर्न नपाइने बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved